Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध रुपमा दुबई उड्न लागेका भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४५ बर्षीय एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानी रहेका छन् ।

विमानस्थल प्रहरीका अनुसार सजनानीलाई अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको हो।

प्रहरीले उनको झोलाबाट अमेरिकी डलर २० हजार १५०, नेपाली रुपैयाँ ३१ हजार ६००, इंगल्याण्ड पाउण्ड ५, जर्जिया लरी ५०, भारतीय रुपैयाँ १००, यूइई दिराम १ हजार ३५५लगायतका मुद्रा बरामद गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077