Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ६ करोडभन्दा बढी ठगी गरेको आरोपमा सहकारीका दुई अध्यक्ष पक्राउ

    ६ करोडभन्दा बढी ठगी गरेको आरोपमा सहकारीका दुई अध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६ करोड २५ लाख ठगी गरेको आरोपमा दुई जना सहकारीका अध्यक्षहरुलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्षद्वय सुरज बस्नेत र शिव पाण्डे रहेका छन्।



    सीआईबीका प्रवक्ता एवं एसपी श्यामकुमार महतोका अनुसार उनीहरू बुधबार पक्राउ परेका हुन् । सहकारीका निक्षेपकर्ता सदस्यहरूले संस्थामा बचत तथा आवधिक खाता खोलेर जम्मा गरेको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ।



    सहकारीबाट उठेको रकम सहकारी संस्थाको खातामा नराखी उनीहरूले आफूखुसी आफ्नै परिवार सदस्य तथा आफन्तहरूको नाममा राखेको सीआईबीको अनुसन्धानबाट खुलेको महतोको भनाइ छ।

    प्रारम्भिक अनुसन्धानबाट १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रकम हिनामिना गरेको प्रहरी उपरीक्षक महतोले बताए । निक्षेपकर्ताहरूले भुक्तानी फिर्ता माग्न जाँदा सहकारी संस्थामा ताला लगाएर उनीहरू फरार भएका थिए।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी महतोले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार