Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बाघको आक्रमणबाट लिलि थारुको मृत्यु

    बाघको आक्रमणबाट लिलि थारुको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको पाटे बाघको आक्रमणबाट हिजो बेलुका मृत्यु भएको हो ।



    निकुञ्जसँग सीमा जोडिएको आफ्नो घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।



    बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

    मृतक थारुको शव राति नै पोस्टमार्टमका लागि गुलरिया लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार