Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो-'एमाले अध्यक्ष ओली सवार गाडीमा ढुङ्गा हान्नेमाथि छानबिन भइरहेको छ'

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सवार गाडीमा ढुङ्गा प्रहार गर्नेमाथि गृह मन्त्रालयले छानबिन गरिरहेको छ ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै छानबिन भइरहेको जानकारी गराएको हो ।

गत आइतबार निवासबाट संसद भवन आउने क्रममा पूर्वप्रधानमन्त्री ओलीको गाडीमा ढुङ्गा हान्ने तथा अवरोध गर्ने कार्य भएको थियो ।

‘फागुन ८ गते आफ्नो निवासबाट संसद भवन आउने क्रममा पूर्व प्रधानमन्त्रीज्यू चढेको सवारी साधनमा अवरोध पुर्‍याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको छ । त्यस्ता हिंसात्मक कार्यहरुप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा समेत रहेका छन् ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077