Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दामा फरार विनोद सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौं तारकेश्वर -७ बस्ने ३७ बर्षीय विनोद थापा रहेका छन्।

सीआईबीका अनुसार थापाले बैंक अफ काठमाडौँ लिमिटेड, शाखा गोंगबुमा आफ्नै नामको खाताबाट पर्याप्त रकम नभएको जान्दाजान्दै पनि रकम भुक्तान गर्नका लागि पीडितलाई चेक दिएका थिए ।

थापालाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ५१ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो।

थापालाई काठमाडौँको भैंसेपाटीबाट पक्राउ गरिएको सीआईबीको भनाइ छ । उनलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077