Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बानेश्वरमा केपी ओलीको गाडीमाथि ढुंगा प्रहार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ ।

आइतबार शंखमुलबाट बानेश्वरस्थित संसदभवनतर्फ जाँदै गर्दा उनकाे बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्ड क्रुजर गाडी लक्षित गरी ढुंगा प्रहार भएकाे हाे ।

यद्यपि प्रहार गरिएको ढुंगा भने गाडीमा लागेन । आइतबार एमसीसीको बिरोधमा हजारौंले प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो। अहिले उक्त क्षेत्र निकै तनाबग्रस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077