Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीकै कारण पार्टी फुट्छ भन्ने लाग्दैन : रामकुमारी झाँक्री

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् ।

संसदमा एमसीसी पेस भएपछि पार्टीका नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा मन्त्री झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् ।

झाँक्रीका अनुसार एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो । यद्यपि सोही पार्टीका नेता खनालले भने विरोध जनाएका थिए।

सरकारले आज सम्पन्न संसदको बैठकमा एमसीसी पेस गरेको छ । संसद बैठक आगामी बिहीबारसम्मलाई स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077