Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेम सुवालको प्रश्न- के नेपाल अमेरिकाको धम्कीमा चल्ने देश हो ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रेम सुवालले अमेरिकी मिलिनियम सहयोग परियोजना (एमसीसी) सम्झौताको समर्थन गर्नेहरु राष्ट्रघाती भएको बताएका छन्।

आइतबार संसद बैठकमा बोल्दै सांसद सुवालले एमसीसी सम्झौता राष्ट्रघाती रहेको र यस सम्झौताको पक्षमा उभिने जो कोही पनि देशद्रोही हुने बताए।

‘एमसीसी सम्झौता राष्ट्रघाती छ, यस सम्झौताको समर्थन गर्ने जो कोही पनि देशद्रोही हुन्, राष्ट्रघाती हुन्,’ सुवालले भने,’ देशप्रेमी कसैले पनि यसमा समर्थन गर्न सक्दैन।’

बैठकमा उनले एमसीसी सम्झौताको समर्थन गर्ने र समर्थनमा हस्ताक्षर गर्नेहरु सबै विदेशीहरुको  गोरो छालाको पछि लागेको बताए।

यस्तै, सुवालले के नेपाल अमेरिकाको धम्कीमा चल्ने देश हो भनेर प्रश्न समेत गरेका छन् ? आजको संसदमा एमसीसी टेबुल गर्ने कार्यसूची रहेको छ। एमसीसीको बिरोधमा सांसदहरुले आफ्नो भनाइ राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077