Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यो स्वार्थी गठबन्धन र तिकडमबाजी सरकार टिक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनलाई ‘स्वार्थी गठबन्धन’को संज्ञा दिएका छन् । भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यो स्वार्थी गठबन्धन धेरै नटिक्ने दावी गरे ।

उनले भने–‘‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं । फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ ।’

स्वार्थी गठबन्धनले बनाएको अहिलेको ‘तिकडमबाजी सरकार’ पनि अब धेरै नटिक्ने उनको भनाई थियो । आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँदै ओलीले चुनावी परिणामले नै गठबन्धन पत्तासाफ हुने दाबी गरे ।

उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077