Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कतारबाट सुनको सिक्री र ब्रासलेट बोकेर नेपाल आएका तीन जना विमानस्थलबाटै पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याइएको सुनको सिक्री र ब्रासलेटसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ गंगाजमुना-६, बसेरीका २७ बर्षीय गणेश मल्ल, ईलाम चुलाचुली-२, तोरीवारीका २६ बर्षीय अर्जुन राई, सुर्खेत गुर्भाकोट-४, साहरेका ३४ बर्षीय भुपेन्द्र बिष्ट र सर्लाही धनकौल ६ का २५ बर्षीय महेन्द्र ठाकुर रहेका छन्।

विमानस्थल प्रहरीका अनुसार पक्राउ परेकामध्ये धादिङका मल्लबाहेक अन्य तीन जना मंगलबार कतार एयरवेजको उडानद्वारा कतारबाट काठमाडौँ आएका थिए । विमानस्थलमा उनीहरुको गतिविधि शंकास्पद देखिएकोले उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेट मा नियन्त्रणमा लिई सोधपुछ गर्दा मल्लले भन्सार छली गर्न लगाएको हो भनी खुलेको थियो ।

उनीहरुमध्ये राई र बिष्टको साथबाट समान ७० ग्राम तौल भएकाएक एक वटा सिक्री र ठाकुरको साथबाट त्यति नै तौल भएको ब्रासलेट बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077