Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ज्ञानेन्द्र शाहीको अभियान राप्रपामा समाहित हुँदै, फागुन ६ गते एकता घोषणा हुने

काठमाडौं । ज्ञानेन्द्र शाहीले नेतृत्व गर्दै आएको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले राप्रपामा अभियानलाई समाहित गर्ने निर्णय अनुमोदन गरेको हो ।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति अनुसार राप्रपाले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

वार्ता समितिले शाही नेतृत्वको अभियानलाई समाहित गर्न प्रस्ताव गरेको थियो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फागुन ६ गते राप्रपा र शाही नेतृत्वको अभियानबीच एकता घोषणा हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077