Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अडियो काण्ड: प्रेम आले र गोकुल बाँस्कोटा ओली 'बा'कै चेला हुन् !

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको एउटा अडियो निकै भाइरल बनेको छ । अडियो सार्वजनिक भएसँगै मन्त्री आलेको चौतर्फी आलोचना भएको छ।

गए रातिदेखि सार्वजनिक भएको उक्त अडियो/ भिडियो क्लिपमा मन्त्री आले र एक युवाबीच अश्लील शब्दहरुको दोहोरी नै चलेको सुनिन्छ । अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओली नामका व्यक्तिले मन्त्री आलेसँगको अश्लील शब्दको दोहोरी सार्वजनिक गरेका हुन् ।

यता मन्त्री आलेको सचिवालयले भने षडयन्त्रपुर्वक उक्त अडियो सार्वजनिक गरिएको बताएको छ। सचिवालयका अनुसार आलेसँग ओलीले ५० लाख रुपैया माग गरेका थिए । तर मन्त्री आलेले उक्त रकम नदिएपछि उक्त अडियो सार्वजनिक भएको हो। नेकपा एमालेका कार्यकर्ता ओलीले निरन्तर रुपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उनलाई गाली गरेको सचिवालयको भनाइ छ।

सचिवालयका अनुसार निरन्तर रुपमा मन्त्री आलेलगायतका नेताहरुकाबिरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक पटक मानसिक तनाव दिने गरेका थिए । मन्त्री आले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका एमालेका कार्यकर्ता ओलीले षडयन्त्रपूर्वक आलेलाई उत्तेजित पारेर भिडियो रेकर्ड गरेको आले निकटहरुको दाबी छ।

किन गरे अश्लिल शब्दहरुको प्रयोग ?

अश्लिल शब्द- सामन्यतया चलनचल्तीको भाषाभन्दा फरक तथा सुन्दा र भन्दा गलत अर्थ लागे शब्दहरु अश्लिल शब्दमा पर्छन्। अश्लिल शब्दको प्रयोग कानुन विपरित मानिन्छ। अझ सार्वजनिक पदमा बसेर त्यस्ता शब्दको प्रयोग गरिनुलाई त् पदीय मान/मर्यादाको समेत अपमान गरेको बुझिन्छ । मन्त्री आलेले बोलेको अश्लिल शब्दबारे यतिबेला सामाजिक संजालहरुमा बहस सुरु भएको छ।

कतिपय सामाजिक सञ्जालकर्ताहरुले त आलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण उक्त शब्दको प्रयोग गरेको दाबी गरेका छन्। उनीहरुले तत्कालिन नेकपा एमालेमा हुँदा आलेले राम्रो स्कुलिङ् नपाएर त्यस्तो शब्दको प्रयोग गरेको आरोप लगाएका छन्।एमाले अध्यक्ष ओलीकै छत्रछाँयामा आले हुर्केको र उनले ओलीकै सिको गरेको उनीहरु बताउँछन्।

त्यसो त अडियो काण्ड बाहिरिएपछि सामाजिक संजालहरुमा पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटालाई समेत जोडिएको छ। तत्कालिन संचारमन्त्री रहँदा नेकपा
एमालेका नेता बाँस्कोटाको ७० करोडको अडियो बाहिरिएको थियो । जसका कारण बाँस्कोटाले पदबाट राजिनामा दिएका थिए। बाँस्कोटा र आले दुवैको अडियो बाहिरिएपछि ओलीको नाम जोडिएको उनीहरुको भनाइ छ।

आलेको राजिनामा माग

अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका मन्त्री आलेको राजिनामा माग गरिएको छ। एमाले नेता भीम रावलले मन्त्री आलेको अडियो प्रसङलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र सोही पार्टीका अध्यक्ष माधव नेपाललाई ध्यानाकर्षण समेत गरेका छन्।

पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ, ‘ रावलले लेखेका छन्, ‘हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’

यस्तै, एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट उनको राजिनामा माग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077