Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले बैठक: चोलेन्द्रलाई बोक्न हुँदैन भनेर ओलीमाथि जाइलागे रावल र भुषाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदद्वय भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिने पार्टीको निर्णयमा आपत्ति जनाएका छन्।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा प्रधानन्यायाधीश जबरा र सर्वोच्चका चार जना न्यायाधीशहरुविरुद्ध महाभियोगबारे छलफल भएको थियो ।

संसद् भवनस्थित् ल्होत्से हलमा बसेको संसदीय दलको बेठकमा भने तत्काल आवेग र उत्तेजनामा आएर कुनैपनि कदम नचाल्नेबारे अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले ब्रिफिङ गरेका थिए ।

अध्यक्ष ओलीको ब्रिफिङपछि सांसदद्वय रावल र भुसालले महाभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश जबरालाई बोक्दा पार्टीलाई ठूलो क्षति हुने प्रष्ट परेका थिए।

[insert page='115164' display='yopanipadhnuhos.php']

आइतबार सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का) ९८ जना सांसदले प्रधानन्यायाधीश  जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077