Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सर्लाहीमा आगोमा जलेर ६६ वर्षीय बृद्धको मृत्यु

    सर्लाहीमा आगोमा जलेर ६६ वर्षीय बृद्धको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    सर्लाही । सर्लाहीको आगोमा जलेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका वडा नम्वर ८ शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।



    आगो निभाए पनि साहको भने घटना स्थलमै मृत्यु भएको थियो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ ।



    घटनाबारे अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार