Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्तरिक राजश्व विभागको महानिर्देशकमा शाक्य नियुक्त

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभाग (आइआरडी) को महानिर्देशकमा रितेश कुमार शाक्य नियुक्त गरेको छ । आइतबार मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक खटाएको हो ।

सोही क्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शाक्यलाई आन्तरिक राजश्व विभागको महानिर्देशमको जिम्मेवारी दिइएको हो ।

तत्कालीन महानिर्देशक शोभा कान्त पौडेल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएसँगै रिक्त रहेको पदमा आधा दर्जन बढी आकाङ्क्षी रहे पनि शाक्यलाई जिम्मेवारी दिइएको हो ।

यस्तै भन्सार विभागको महानिर्देशकमा कमल भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077