Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खगराज अधिकारीलाई संगठन विभागबाट हटाउन महेश बस्नेतको माग‍

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टी संगठन प्रमुख खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गरेका छन्।

नेता बस्नेतले सामाजिक सञ्जालमा सात बुँदे वक्तव्य जारी गर्दै अधिकारीलाई जिम्मेवारी मुक्त गर्न माग गरेका हुन् । बस्नेतले पार्टीको जन वर्गीय संगठनहरु राजनीतिक रुपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिकरुपमा आफ्नै विधान र स्वायत्त ढंगले अगाडि बढ्ने गरेको भन्दै यस्तो माग गरेका हुन्।

'पार्टीको सचिवालय बैठकले जनसंगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सोसँग बाझिनेगरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईँलाई कसले दियो ?,' बस्नेतले प्रश्न गरेका छन्, 'युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?'

नेता बस्नेतले संगठनको इन्चार्ज, अध्यक्षसमेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार दिएको एमालेविरुद्ध चौतर्फी आक्रमण भइरहेका बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरुको हौसला बढ्नेगरी फैसला गरेको भन्दै अधिकारीको आलोचना गरेका छन्।

'एमालेबिरुद्ध चौतर्फी आक्रमण भैरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथी अराजकता हाबी हुने र बिरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?' बस्नेतको प्रश्न छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077