Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ, ६ महिनामा १६.३९ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं । सरकारले निकै महत्वाकांक्षाका साथ अघि सारेको मुलुकभरका विभिन्न राष्ट्रिय गौरवका आयोजनाको काममा ढिलाइ भएको पाइएको छ ।

यस्ता राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा निकै कम मात्रै बजेट खर्च भएको दखिएसँगै अहिलेसम्मको कामको प्रगतिमा पनि ढलाइ भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित बजेटको अर्धवार्षिक समीक्षामा पनि राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत सञ्चालित विभिन्न परियोजनाको खर्च न्यून भएको पाइएको हो ।

सरकारले चालू आर्थिक वर्षका लागि विभिन्न २५ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा समावेश गरेको थियो । जसअनुसार ती योजनाका लागि ८२ अर्ब २४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो ।

विनियोजित बजेटमध्ये चालू आवको बितेका ६ महिनाको अवधिमा जम्मा १६ दशमलव ३९ प्रतिशत मात्र बजेट खर्च भएको पाइएको अर्थ मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077