Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • एमसीसीबारे कांग्रेस प्रवक्ताको प्रस्ताव: संसदमै पेश गरौं, दूधको दूध पानीको पानी छुट्टिन्छ

    एमसीसीबारे कांग्रेस प्रवक्ताको प्रस्ताव: संसदमै पेश गरौं, दूधको दूध पानीको पानी छुट्टिन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता संसदमा पेश गर्नुपर्ने बताएका छन् । संसदमा दर्ता भएको प्रस्ताव संसद बैठकमा पेश गर्नु सभामुखको दायित्व हुने महतको भनाइ छ।

    शुक्रबार नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा प्रवक्ता महतले भने, ‘सभामुखले सदनमा प्रक्रिया अगाडि बढाउनुपर्छ । सरकारले दर्ता गरेको प्रस्ताव सदनमा अगाडि बढाउनु सभामुखको दायित्व हो । सदनमा बुँदागत छलफल हुन्छ । दूधको दूध पानीको पानी छुट्टिन्छ’।



    यस्तै, प्रवक्ता महतले राष्ट्रिय मुद्दामा जनतामा भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै एमसीसी नेपालजस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएको परियोजना भएको बताए । उनले सत्तामा पुगेका सबै दल एमसिसी परियोजना अघि बढाउन लागेको बताए।



    ‘एमसीसीमा कसैको पनि असहमति छैन । ओली नेतृत्वको सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति गरिएको हो। कुनै पनि जिम्मेवार दलले चुप लागेर बस्नु दुःखद हो। सत्य कुरा के हो त्यसबारे स्पष्ट बोल्नुपर्छ,’ महतले भने, ‘एमसीसी नेपालकै प्राथमिकता हो । नेपालकै कानुनअनुसार परियोजना सञ्चालन हुने हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार