Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मतपत्र च्यातेर चुनाव जित्ने कल्पना नगर्नू : केपी ओली

काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने कल्पना नगर्न सत्ता गठबन्धनलाई चेतावनी दिएका छन्।

शुक्रबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् । ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी समेत गरे ।

ओलीले पाँच वर्षअघि पनि सत्ता गठबन्धनसँग लडेरै स्थानीय तहमा एमालेले जितेको बताए । स्थानीय तहमा मात्रै नभइ आगामी प्रदेश र संघीय निर्वाचनमा समेत बहुमत प्राप्त गर्ने ओलीको भनाइ छ।

स्थानीय सरकारमा एमालेले बहुमत ल्याएकाले सत्ता गठबन्धनलाई स्थानीय तह बिझाएको ओलीको आरोप छ । उनले भने, 'पहिले ४१ दशमलव २८ प्रतिशत ल्याउँदा त यस्तो छ। अब बहुमत जित्छौं। के गर्लान् विचराहरु? भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ।'

सरकारले स्थानीय तहको निर्वाचन ३० बैशाखमा गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077