Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेसी पार्टीहरु विदेशीले बनाइदिएका हुन्: प्रचण्ड (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको बताएका छन् । विसं २०६३ सालको शान्ति सम्झौतापछि बनेका मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको प्रचण्डको भनाइ छ।

बिहीबार रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला, वडा अध्यक्ष श्रवणकुमार यादवलगायतका जनप्रतिनिधि र राजनीतिक कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले मधेसलाई माओवादीमय बन्नबाट रोक्न ती पार्टीहरु गठन गरिएको बताए।

'मधेस माओवादी भयो भने नेपालै माओवादी भयो, माओवादी र उसको विजय यात्रालाई कसैले रोक्नै सक्दैन भन्ने ठानेर नै निकै ठूलो षडयन्त्र अन्तर्गत केही ठाउँमा भयानक हत्याकाण्डहरु मच्चाइयो। रुपन्देही र कपिलवस्तुमा पनि त्यस्ता खालका घटना भए', प्रचण्डले भने, 'राजनीतिक रुपले यति ठूलो भ्रम छरियो कि माओवादीले केही पनि गर्दैन, मधेसीको निम्ति मधेसी पार्टी नै चाहिन्छ भनेर विदेशी शक्तिहरुले बनाइदिए त्यस्ता पार्टी।'

हेर्नुहोस् भिडियो:

माओवादी प्रवेश गर्नेहरुको संख्या दिनहुँ बढ्यो, गाउँपालिका अध्यक्षसहितको टोलीलाई प्रचण्डले गरे स्वागत

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077