Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविले १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन र रोकिएका परीक्षा संचालन गर्ने (सूचना)

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।

बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको हो ।

यस्तै, कोरोनाको तेस्रो लहर सुरु भएसँगै स्थगित गरिएका परीक्षा समेत संचालन हुने त्रिविले जनाएको छ ।  मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि रोकिएका परीक्षाहरु पनि  सञ्चालन गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077