Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डसँगको भेटमा शेखरले भने- स्थानीय तहको चुनावमा गठबन्धन स्वीकार हुँदैन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन्।

बिहीबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तामा नेता कोइरालाले यस्तो बताएका हुन् ,

नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताए ।

यस्तै, भेटवार्तामा कोइरालाले एमसीसीको विषयमा अलमल नगर्न प्रचण्डलाई सुझावसमेत दिएका थिए । कोइरालाले दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077