Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने, उपसमिति गठन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ ।

सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आज मङ्गलवार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे छानबिन गर्ने निर्णय गरेको हो ।

छानविनका लागि सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरू खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेको तीन सदस्यीय उपसमिति गठन समेत गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर नागरिकलाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन उपसमिति गठन गर्नुपरेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिइन् ।

बैठकमा समितिका सदस्यहरूले आयातित पेट्रोलियम पदार्थका कारण नागरिक मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई अघि बढाउन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077