Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्याय परिषद्को बैठक स्थगित

काठमाडौं । न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आजका लागि बैठक बोलाएको थियो, तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो ।

आज बोलाइएको पारिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077