Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्तामा डा .प्रकाशशरण महत नियुक्त भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्तामा गरेका हुन्।

कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो।

महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

महतलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको पौडेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077