Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरपालिकामा आजदेखि कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कोरोना सङ्क्रमणविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ ।

जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडामा व्यवस्था मिलाएको छ ।

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सम्बन्धित विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077