Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा भोलिबाट जोरबिजोर प्रणाली हट्ने, अरु के गर्न पाइन्छ, के पाइँदैन ? [१८ बुँदे आदेशसहित]

काठमाडौं । काठमाडौँ उपत्यकामामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।

आइतवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विभिन्न १८ निर्णयहरू गरेका छन् । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077