Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालो बेलुन उडाउन सिंहदरबारभित्र पस्यो युवा संघ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसरभित्रै कालो बेलुन उडाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले आइतबार सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।

युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिनेश थापाका अनुसार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन कालो बेलुन उइडाएको हो।

यस्तै, युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्‍य वृद्धिकोसमेत विरोध गरेको छ । स्थानीय तह र मूल्‍य वृद्धिको विरोध गर्ने युवा संघका ३ जना कार्यकर्तालाई सिंहदरवार क्षत्रेबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077