Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश १ मा आज मन्त्रिपरिषद विस्तार गरिदैँ, कुन पार्टीबाट कति ?

काठमाडौं । प्रदेश नम्बर १ मा आज मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

सात मन्त्रालय रहेको प्रदेश १ मा अहिले मन्त्रालय नै १३ वटा बनाइएको छ । यी मन्त्रालयहरूमा सत्तारूढ दलहरूबाट आज मन्त्री नियुक्त गर्ने तयारी छ ।

प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्रिपरिषदमा रहनेछन्।

संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो। साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन् ।

आज मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्ने र नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम रहेको बुझिएको छ । गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077