Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इङ्ल्याण्डलाई हराउँदै भारतले जित्यो यु-१९ विश्वकपको उपाधि

एजेन्सी । भारतले पाँचौ पटक यु १९ विश्वकपको उपाधि हात पारेको छ ।

इङ्ल्याण्डलाई हराउँदै भारतले यु १९ विश्वकपको उपाधि उचालेको हो । १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि रक्षा गरेको हो ।

भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतकीय पारि खेले। इङ्ल्याण्डका लागि जोश्ना बोयडेन, जामेश शेल्स र तोमास आस्पिनवालले समान २-२ विकेट लिए।

यसअघि सर विवियन रिचर्ड्स क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो।

उसका लागि जामेश रेउ ले सर्वाधिक ९५ रनको पारि खेले । भारतका लागि राज बावाले सर्वाधिक ५ विकेट लिँदा रवि कुमारले ४ विकेट हात पारे। थप विकेट कौशल ताम्बेले लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077