Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निजी सवारीमा लगाइएको जोरबिजोर प्रणाली आइतबारदेखि हट्ने !

काठमाडौँ । काठमाडौं उपत्यकामा चल्ने निजी सवारी साधनका लागि लगाइएको जोर-बिजोर प्रणाली आइतबारदेखि हट्नसक्ने देखिएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको दरमा निरन्तर कमी आउन थालेपछि आगामी आइतबारदेखि जोर-बिजोर प्रणाली हट्नसक्ने देखिएको हो ।

यसअघि सरकारले संक्रमण दर उच्च रहेको भन्दै गत माघ ८ गतेदेखि उपत्यकाभित्र चल्ने सबै प्रकारका सवारीमा जोर-बिजोर लागू गरेको थियो । तर पछि जोर-बिजोरले नै भीडभाड बढाएको भन्दै सर्वत्र आलोचना भएपछि  १४ माघदेखि ट्याक्सीबाहेकका सार्वजनिक यातायातमा जोर-बिजोर हटाइएको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार पर्सि आइतबार सिसिएमसीको बैठक बस्ने तयारी भएको छ ।  उक्त बैठकले जोरबिजोर प्रणालीबारे छलफल गर्ने छ। संक्रमण दरलाई हेरेर जोर-बिजोरबारे नयाँ निर्णय लिइने बुझिएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज शुक्रबार ११ हजार ७३ जनाको परीक्षण गर्दा जम्मा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। त्यो भनेको २२.८१ प्रतिशत संक्रमण दर हो । जबकि अघिल्लो साता संक्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो।

यस्तै, मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा अघिल्लो हप्ताको तुलनामा निकै कम संक्रमितहरु थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077