Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारीको ३५ लाख ठगी गरेर फरार रहेका स्वयम्भूका पञ्चमान सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ३५ लाख ६८ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

सिआइबीले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौँ स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ हुने गरी जग्गा खरिद गरी ठगी गरेकाले सो संस्थाका लेखा समितिका संयोजकसमेत रहेका महर्जनलाई पक्राउ गरिएको जानकारी दिए ।

काठमाडौँ जिल्ला अदालतको विसं २०७३ असार १९ गतेको फैसलाअनुसार महर्जनलाई ६ महिना कैद सजाय र बिगोबमोजिम रु ३५ लाख ६८ हजार जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ महर्जनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेस गरिएको प्रवक्ता महतोले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077