Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • लोकगायक बिष्णु खत्री माओवादी केन्द्रको सक्रिय राजनीतिमा

    लोकगायक बिष्णु खत्री माओवादी केन्द्रको सक्रिय राजनीतिमा

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    बाग्लुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्। बुधबार बसेको नगर समितिको पहिलो बैठकले खत्रीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।

    गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताएका छन् । ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार-आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ’, खत्रीले भने ।



    राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने खत्रीको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सँधै क्रियाशील भएर लाग्ने खत्रीले बताए । गलकोट–७ मल्ममा जन्मिएका खत्री यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरेका थिए ।



    खत्री विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत भएका थिए । लोकसङ्गीत क्षेत्रमा रुचाइएका गायक-सर्जक खत्रीले सयौँ गीतमा स्वर दिएका छन् ।

    शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन् । उनले गीतकामार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन् । खत्रीका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन् ।

    माओवादी केन्द्र्रले नगर समितिका अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार