काठमाडौँ । भारतमा आज (मंगलबार) सन् २०२२-०२३ को बजेट प्रस्तुत गरिएकाे छ ।
भारतीय मिडियाका अनुसार अर्थमन्त्री निर्मला सितारामले भारतीय तल्लाे सदन लाेकसभामा बजेट प्रस्तुत गरिरहेकी छन्।
नयाँ बजेटमा भारत सरकारले सन् २०२२-२३ मा विपन्न वर्गलाई ८० लाख घर बनाइदिनेछ । त्यस्तै, ६० लाखजनालाई रोजगारी दिइने र अर्गानिक खेती गर्न किसानलाई प्रोत्साहन गरिने उल्लेख छ ।
त्यस्तै, राष्ट्रिय राजमार्ग २५ हजार किलोमिटर विस्तार गरिने, हुलाक कार्यालय अनलाइन बनाइने र आईटी तथा निजी क्षेत्रलाई प्रोत्साहन गरिने जनाइएको छ । डिजिटल बैंकिङको सुविधा हरेक क्षेत्रमा गरिने र किसानलाई डिजिटल सेवा प्रदान गरिने बताइएको छ ।