Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

राष्ट्रियसभाको गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनका १८ र एमालेका एक उम्मेदवार विजयी भएका थिए ।

१९ रिक्त पदमा ४३ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077