भएको के थियो ?
गत माघ ९ गते पहिलोपटक कोरोना पुष्टि भएका एमालेका अध्यक्ष ओली संक्रमणको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका थिए ।
कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
ओलीले प्रशासनको आदेशलाई समेत वेवास्ता गरेको र सार्वजनिक स्थलहरुमा कोरोना फैलाउँदै हिँडेको भन्दै सामाजिक संजालहरुमा चर्को आलोचना समेत भइरहेको छ। उनीमाथि सामाजिक संजालहरुमा समेत संक्रामक रोग नियन्त्रण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाहीको माग समेत गरिएको थियो।
कोरोनासम्बन्धी प्रशासनको पछिल्लो नियम अनुसार यदी कोरोनाको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । साथै, रिपोर्ट पोजेटिभ आएमा स्वास्थ्य अवस्था हेरेर आइसोलेसन बस्नेदेखि रिपोर्ट नेगेटिभ नआएसम्म सार्वजनिक स्थानमा निस्किन पाइदैन । ओलीले उक्त नियम उलंघन गरेर प्रशासनकै खिल्ली उडाएको आरोप छ।
कोरोनाभन्दा माथि 'बा'
कार्यक्रममा ओलीको तस्बिरसहितको ब्यानरमा 'शीघ्र स्वास्थ्यलाभको कामना श्रद्धेय अध्यक्ष केपी शर्मा ओली' लेखिएको थियो । कार्यक्रममा पुगेका ओलीले आफूलाई कोरोना संक्रमण भएको पनि बताएका थिए ।
तर, सामाजिक संजालमा अर्को एउटा भिडियो पनि निकै आलोचित बनेको छ । भिडियोमा ओलीले 'तपाईंहरू आफै पनि डिस्ट्यान्स मेन्टेन गरेर बस्नुस् न' भन्दा एउटी महिला कार्यकर्ताले 'हामीलाई बा भएपछि केही पनि हुँदैन, हामी स्ट्रोङ छौं' भनिरहेको सुनिन्छ ।
आफैं कोरोना संक्रमित रहेका ओली 'ऊर्जा प्रदान गर्न र सप्ताहव्यापी रक्तदान कार्यक्रममा ऐक्यबद्धता जनाउन' उपस्थित भएको कार्यक्रम सञ्चालकले भनिरहँदा उनीहरुले प्रशासनको आदेश र नियमलाई नै खिल्ली उडाएको देखिन्थ्यो। कानुनमा के छ ? नेपालमा सङ्क्रमण नियन्त्रणका लागि फरक-फरक कानुनी व्यवस्था प्रचलनमा छन् । कोरोना भाइरस महामारी नियन्त्रणमा अधिकारीहरूले सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने गरेका छन्। उक्त ऐनको दफा ३ र ४ मा सङ्क्रामक रोग नियन्त्रणका लागि जारी गरिएको आदेश उल्लङ्घन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा रु १०० जरिवाना गर्न सक्ने उल्लेख छ। तर, २०७४ साल भदौमा संसद्बाट पारित भएर त्यसको एक वर्षपछि कार्यान्वयनमा आएको अपराध संहिताको दफा १०६ मा सरकारी निकायले सरुवा रोगको सम्बन्धमा जारी गरेको आदेश वा नियम उल्लङ्घन गरेमा छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ। यस्तो आदेश उल्लङ्घन गरेका कारण कसैको ज्यान गएमा ऐनको दफा १०४ बमोजिम सजाय हुने उल्लेख छ। उक्त दफामा नियतपूर्वक यस्तो कसुर गर्नेलाई अधिकतम दश वर्षसम्म कैद तथा एक लाख रुपैयाँ जरिवाना र हेलचेक्र्याइँपूर्वक गरेको भए तीन वर्ष कैद तथा ३० हजार जरिवाना गर्न सकिने उल्लेख छ। कोभिडको विषयमा विवादमा आइरहन्छन् ओली यसअघि आफू प्रधानमन्त्री हुँदा राष्ट्रियसभामा ओलीले “कोरोना लागिहाल्यो भने हाच्छ्युँ साच्छ्युँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ” भन्ने अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो। उनले बेसार-पानी खाएर पनि कोभिड ठिक पार्न सकिने भन्दै संसद्मा पटकपटक दोहोर्याएका थिए। प्रधानमन्त्री हुँदै उनले त्यसपछि पनि कोभिडबारे आफ्नो अडान दोहोर्याउँदै ‘अम्बाको पातले कुल्ला गरेर’ कोभिडबाट जोगिन सकिने बताएपछि उनी पटकपटक विवादमा तानिएका थिए। दिनहुँ हजारौंको संख्यामा संक्रमित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनहरुमा संक्रमणको संख्यामा केही कमी आए जस्तो देखिए पनि मृत्यु हुनेहरुको संख्यामा भने कमी आएको छैन । आज आइतबारको तथ्यांकमा मात्रै ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै, ३ हजार पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।सन्काहा हुन पाइन्छ तर आफ्नो घर मा, तर सार्वजनिक भेलामा कोरोना सार्दै हिडन पाइदैन !
खडग प्रसाद लाई संक्रमण रोग ऐन अनुसार तुरुन्त कार्वाही गरियोस ! pic.twitter.com/FOT9d2psDJ — कुल रिम्स (@cooolrims) January 27, 2022