Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कोरोना मुक्त नहुँदै एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सहभागी

काठमाडौं । कोरोना संक्रमण निको नहुँदै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागि भएका छन् । संक्रमण भएको चौथो दिनमा नै अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् ।

अध्यक्ष ओली र पत्नी राधिका शाक्यलाई गत माघ ९ गते कोरोना संक्रमण पुष्टि भयो । तर एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पनि भीडभाडमा मिसिएका थिए । युवा संघले भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो । यो कार्यक्रम युवा संघले ओली छिटोभन्दा छिटो कोरोनाबाट मुक्त होउन् भनेर आयोजना गरिएको हो ।

यता जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि एक आदेश जारी गरेको छ । सीडीओले जारी गरेको आदेशमा कोरोनाको लक्षण देखिएपछि ५ दिन क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट मुक्त नभइसकेको अवस्थामा नेपाल सरकारले जारी गरेको कोभिड-१९ संक्रमितहरुको आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड-२०७७ पालना नगरि अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममा भाग लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077