Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन : एमाले ‘क्लिनस्विप’ हुनबाट जोगियो, एमालेका शेर्पा विजयी

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्टिय जनमोर्चाको तर्फबाट बनेको पाँच दलीय गठबन्धनले सानदार जित हात पार्दा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि गठबन्धनलाई चुनौती दिँदै एक सिट जोगाएको छ ।

सत्ताधारी दलहरू गठबन्धनसहित मैदानमा उत्रिँदा एमालेले प्रदेश १ तर्फ आफ्ना उम्मेदवारलाई विजयी बनाउन सफल भएको हो । योसँगै १९ सिटका लागि भएको निर्वाचनमा एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । शेर्पाको विजयले राष्ट्रिय सभामा एमाले नै ठूलो पार्टीको हैसियतमा उभिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077