Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचनमा विजयी १९ सांसद यी हुन् (नामसहित)

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ । बुधबार निर्वाचन भएर साँझ सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा आयोगले घोषणा गरेको हो । पाँचदलीय सत्ता गठबन्धनका १८ र एमालेका एक उम्मेदवार विजयी भएका हुन् ।

जसपाबाट प्रदेश १ मा उम्मेदवार बनेका गठबन्धनका एकजना पराजित भएका छन् । लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा र युवराज शर्मा विजयी भएका छन् भने कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट र उदयबहादुर बोहरा निर्वाचित भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

यसैगरी सुदूरपश्चिममा मदन कुमारी शाह, जगत बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएको उनले बताए । मधेस प्रदेशमा उर्मिला अर्याल र मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सिना र कृष्ण प्रसाद पौडेल विजयी हुँदा गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार र सुरेश आले मगर विजयी आयोगले जनाएको छ ।

यसैगरी नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा र जयन्ती देवी राई विजयी भएका छन् । १९ रिक्त पदमा ४३ जना चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077