एजेन्सी । भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदैछ । केन्द्रीय राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेशट स्वतन्त्र भएपछि भारतले हरेक वर्ष यो दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
गणतन्त्र दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र एक सय ७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिनेछ ।
पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो सम्मान मानिन्छ ।
यसपटक पद्म विभूषण पाउनेमा गएको डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सैनिक जनरल विपिन रावतसहित उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरको गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिक प्रभा यात्रे छन् । रावत, सिंह र खेमकालाई यो सम्मान परणोपरान्त प्रदान गर्न लागिएको हो ।
Leave a Reply