Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इमेल खोल्दा अमेरिकी महिलाले जितिन् ३० लाख डलरको चिट्ठा

एजेन्सी । अमेरिकी एक महिलाले अर्कै एउटा इमेल सन्देशको खोजी गर्दै स्प्याम फोल्डर खोल्दा आफूले ३० लाख अमेरिकी डलर जितेको थाहा पाएकी छन्।

बीबीसीका अनुसार पचपन्न वर्षीया लौरा स्पीअर्स नाम गरेकी ती महिलाले चिट्ठा लाखौँ डलरसम्म पर्ने सक्ने देखेपछि 'मेगा मिलिअन' को एउटा टिकट अनलाइनमार्फत् किनेकी थिइन्।

'केही दिनपछि म एउटा हराएको इमेल खोज्दै थिएँ । त्यसैका लागि मैले आफ्नो इमेल खाताको स्प्याम फोल्डर खोलेँ,' उनले चिट्ठा सञ्चालन गर्ने अधिकारीहरूलाई भनिन्। 'त्यतिबेला मैले लटरीबाट आएको इमेल देखेँ जसमा मैले चिट्ठा जितेको उल्लेख गरिएको थियो।'

'म जे पढिरहेकी थिएँ त्यो पत्याउनै सकिनँ। त्यसपछि इमेल सन्देश पुष्टि गर्न लटरीको खाता खोलेँ,' चिट्ठा जित्दा आफू आश्चर्यचकित भएको भन्दै उनले भनिन्। चिट्ठामा ठूलो धनराशि जितेपछि बेलैमा आफूले कामबाट अवकाश लिने र आगामी दिनमा आफ्नो इमेल अझ राम्रोसँग हेर्ने उनको योजना छ।

'भविष्यमा म फेरि भाग्यमानी बनेर ठूलो पुरस्कारबारे अर्को इमेल प्राप्त हुन्छ कि भनेर मैलै मिशिगन लटरीलाई सुरक्षित प्रेषकका रूपमा वर्गीकरण गरेकी छु,' उनले भनिन्।

मेगा मिलिअन लटरी टिकट अमेरिकाका ४५ वटा राज्यमा दुई डलरमा बेचिन्छ। सन् २०१८ मा साउथ क्यारोलाइनाका एक विजेताले १.६ अर्ब डलर हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077