Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनमा उपचारपछि स्वदेश फर्किएका नेता पुन बिहानै प्रचण्ड निवास खुमलटारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार गएका छन् ।

चीनमा उपचारपछि सोमबार मात्रै स्वदेश फर्केका पुन आज बिहानै अध्यक्ष प्रचण्डलाई भेट्न प्रचण्डको निवास (खुमलटार) गएका हुन्। त्यस क्रममा अध्यक्ष प्रचण्डले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्।

वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै नेता पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077