Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा १०.८३ अङ्कको गिरावट, कुल १३ उपसमूहमध्ये आठ उपसमूहको शेयरमा ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने झन्डै ११ अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से १०.८३ अङ्कले ओरालो लागेर दुई हजार ९२०.५१ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ अङ्कले बढेर ५४३.८० मा सीमित भएको छ । कुल २३२ कम्पनीको एक करोड ४७ लाख चार हजार २७७ कित्ता शेयर रु सात अर्ब तीन करोड पाँच लाख आठ हजार २६३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, कारोबार भएका कुल १३ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने पाँच उपसमूहको शेयर भने उकालो लागेको छ । नेप्सेका अनुसार, बैंकिङ १६.६७, व्यापार ४६.१७, होटेल तथा पर्यटन ५१.९६, विकास बैंक ७३.४२, जलविद्युत् ४२.७५, वित्त ७२.९, लघुवित्त १०.९५ र लगानी १.०९ अङ्कले ओरालो लागेको छ ।

यस्तै, निर्जीवन बीमा ३०.७, उत्पादन १६.२६, अन्य ३७.३४, जीवन बीमा २२९.९६ र सामूहिक लगानी कोष ०.०९ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार, आइतबारको कारोबार पछि बजार पूँजीकरण रु ४१ खर्ब २७ अर्ब २३ करोड ३२ लाख दुई हजार ४५८ बराबर पुगेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३२ करोड १४ लाख ५३ हजार ४२८ बराबरको कारोबार भएको छ । यस्तै, अपी पावर कम्पनी रु १९ करोड एक लाख ७८ हजार ८८१, एनआइसी एसिया बैंक रु १७ करोड ५२ लाख ६३ हजार १९६, शिखर इन्सुरेन्स रु १७ करोड ४७ लाख ७६ हजार ३३६ र ग्लोबल आइएमई बैंक रु १६ करोड ९६ लाख नौ हजार ७९३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार, बिन नेपाल लघुवित्त १०, बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९८, मैलुङ खोला जलविद्युत् कम्पनी ९.७३, ग्लोबल आइएमई बैंक ६.७४ र ज्योति लाइफ इन्सुरेन्सका लगानीकर्ताले ६.६९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सामलिङ पावर कम्पनी ६.६९, गुर्खाज फाइनान्स ५.५२, वेष्ट फाइनान्स ४.२६, प्रभु बैंक ४.११ र साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले ३.८९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077