Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा एकै दिन ३ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतमा एकै दिन तीन लाख ३७ हजार ७०४ जनामा कोरोना पुष्टि भएको छ ।

आज थपिएका सहित भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ लाख १३ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ६ सय ७६ जना निको भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा चार सय ८८ जना सहित अहिलेसम्म चार लाख ८८ हजार आठ ८४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएर विश्वभर दैनिक संक्रमित संख्या बढेसँगै भारतमा पनि दैनिक संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077