Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको बैठक : पार्टीको संगठन, एमसीसी र चुनावबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरु र बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको माओवादी नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महराले बताए ।

आजको बैठकले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक कोरोना महामारी मत्थर नभएसम्म स्थगित गर्ने, तर तत्काल कामका निमित्त अध्यक्ष कमरेडले कामहरु अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा निर्वाचनका बारेमा पनि छलफल भएको थियो ।
सकेसम्म तीनवटा चुनाव एकैपटक गर्ने विषयमा छलफल चलिरहेको बताउँदै नेता महराले छलफल अझै जारी रहेको बताए । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर यसको निष्कर्षमा पुग्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077