Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतविरुद्धको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले जित्यो

एजेन्सी । भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा दक्षिण अफ्रिका विजयी भएको छ ।

गएराति अफ्रिकाको घरेलु मैदान पर्लमा भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनाएको थियो।

भारतका लागि रिषभ पन्तले ८५ रन बनाए भने कप्तान केएल राहुलले ५५ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाको लागि ओपनर जोडी जानेमान मलानले ९१ र क्विन्टन डि ककले ७८ रन बनाए।

कप्तान टेम्बा बभुमाले ३५ र एइडन मार्करम र रासी भान डेर डुसेनले अविजित ३७ रन बनाउँदै ११ बल बाँकी छँदै टोलीलाई जित दिलाएका हुन्।

यससँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ । पहिलो खेल पनि दक्षिण अफ्रिकाले भारतमाथि ३१ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077