काठमाडौं । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै त्यसतर्फ जान रोक लगाउने निर्णय गरेको हो।
'कोभिड-१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा फैलिदै गइरहेको हुँदा विभिन्न उद्दश्यले खाडी राष्ट्रहरु र मलेसियामा गइ बिचल्लीमा पर्ने गुनासा, समाचार र सूचनाहरु प्राप्त भएकाले मिति २०७८ माघ १० गतेदेखि लागुहुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमण जान रोक लगाइएको व्योहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,' मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति: