Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकामा यी सवारी साधनहरुलाई लाग्ने छैन जोरबिजोर [सूची]

काठमाडौं । काठमाडौं उपत्यकाभित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन‚ सरकारी तथा कुटनीतिक सवारीसाधन‚ एम्बुलेसन्स, दमकललगायतका साधनलाई जोरबिजोर प्रणाली लागु नहुने भएको छ ।

पछिल्लो समय स्थानीय प्रशासनले उपत्यकामा कोभिड-१९ रोकथामका लागि शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सवारीसाधनमा जोरबिजोर प्रणालीको निर्णय गरेको छ।

सञ्चारकर्मीको हकमा सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र परिचयपत्रको आधारमा सवारीसाधन चलाउन पाउने भएका छन् ।

यस्तै‚ औषधि एवं स्वास्थ्य सामग्री‚ खाद्यान्न‚ तरकारी‚ दुधजन्यवस्तु‚ग्यास‚ पानीलगायत अत्यावश्यक सवारीसाधनलाई जोरबिजोर प्रणाली लागु नहुने भक्तपुर प्रशासनले जनाएको छ।

यस्तो छ सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077