Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सार एजेन्टको परीक्षा पनि स्थगित, अब कहिले हुन्छ ?

काठमाडौं । कोरोना भाइरस महामारीका कारण भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ।

यही माघ २९ गतेका लागि परीक्षा तोकिएको थियो । भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ चैत १६ मा दरखास्त आह्वान गरेको थियो।

कोरोना महामारीका कारण एजेन्टहरूको लिखित परीक्षा स्थगित गरिएको विभागले जानकारी दिएको छ।

लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको भन्दै विभागले भन्सार एजेन्टहरूका लागि लिइने परीक्षा स्थगित गरिएको जनाएको छ।

परिस्थिति सहज हुनासाथ परीक्षाको मिति तय गरिने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077