काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको जारी परीक्षा केही हप्ता स्थगित गराउन निर्देशन दिएका हुन्।
जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका प्रधानमन्त्री देउवाले कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए-नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् ।
यसअघि बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षामा कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकै ठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै बुद्दनगरस्थित कान्तिपुर कलेजमा बिद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए।
Leave a Reply